‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’ « Khabarhub

‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आफूले तीन पटक कुरा गरेपछि सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने चरणमा गएको बताएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीको किनारामा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका रोकिने अवस्था आएको बताउँदै अब यसले पुरानै गति समात्ने पनि उल्लेख गरे ।

‘मैले चीन भ्रमणमा जाँदा तीन पटकसम्म राष्ट्रपति सी चिनफिङसँग तातोपानीनाका हरहालतमा खोलिदिनुपर्छ भनेको थिएँ’, उनले भने, ‘नेपाल-चीन व्यापार र विकासमा पनि यो रणनीतिक नाका थियो । चीनका राष्ट्रपतिजीकै निर्देशनमा यो नाका खुल्नेतिर गएको छ। मैले नभनेको भए यो वर्षौँसम्म खुल्ने थिएन ।’

सुकुटेमा सोमबार पुगेका उनले राजनीतिक भाषण गरेनन् । बरु भलिबल खेलसहितलाई प्रोत्साहन गर्न आफू सरकारमा हुँदा पनि पहल गरेको बताएका छन् ।

नेपाल भलिबल संघ, सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। खेल सुरु भएको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ४३ बजे

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका