‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’ « Khabarhub

‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आफूले तीन पटक कुरा गरेपछि सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने चरणमा गएको बताएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीको किनारामा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका रोकिने अवस्था आएको बताउँदै अब यसले पुरानै गति समात्ने पनि उल्लेख गरे ।

‘मैले चीन भ्रमणमा जाँदा तीन पटकसम्म राष्ट्रपति सी चिनफिङसँग तातोपानीनाका हरहालतमा खोलिदिनुपर्छ भनेको थिएँ’, उनले भने, ‘नेपाल-चीन व्यापार र विकासमा पनि यो रणनीतिक नाका थियो । चीनका राष्ट्रपतिजीकै निर्देशनमा यो नाका खुल्नेतिर गएको छ। मैले नभनेको भए यो वर्षौँसम्म खुल्ने थिएन ।’

सुकुटेमा सोमबार पुगेका उनले राजनीतिक भाषण गरेनन् । बरु भलिबल खेलसहितलाई प्रोत्साहन गर्न आफू सरकारमा हुँदा पनि पहल गरेको बताएका छन् ।

नेपाल भलिबल संघ, सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। खेल सुरु भएको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको