अफ्रिकाको सुनखानीमा फसेका एकसय मजदुरको मृत्यु « Khabarhub

अफ्रिकाको सुनखानीमा फसेका एकसय मजदुरको मृत्यु


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

अफ्रिका– दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा थुनिन पुगेका हुन । 

ठुलो सङ्ख्यामा खानीभित्र मजदुरको मृत्यु भएको बाहिरिएपछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ ।

हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौँ शव पोलिथिनमा बेरिएको देखाइएको छ ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बर देखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । 

यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर  पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।

मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए ।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ४९ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा