योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : शिक्षामन्त्री « Khabarhub

योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : शिक्षामन्त्री


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर  समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्।

राष्ट्रिय योग दिवसका अवसरमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित समारोहमा उनले विद्यालय तहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताइन् । उनले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिइन्।

‘योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,’ मन्त्री भट्टराईले भनिन्। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न आफूले मन्त्रालयका तर्फबाट हर सम्भव सहयोग गर्ने बताइन्। 

उनले स्वस्थ समाजबाट नै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने भएकाले योगलगायत स्वास्थ्यलाई सधैँ स्वस्थ राख्न हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिइन्। योगको प्रचारप्रसार पनि कम भएको चर्चा गर्दै यसलाई देशका सबै विद्यालयमा पुर्‍याउन आवश्यक छ भनिन्।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ५४ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा