बर्दिबासमा दोस्रो मेयर कप आयोजना « Khabarhub

बर्दिबासमा दोस्रो मेयर कप आयोजना


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महाेत्तरी– मधेश प्रदेशका पालिकाहरूले खेलकुदको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् । पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरूले पनि यसलाई पुष्टि गरेको छ ।

यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिबासमा दोस्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ ।

पालिकामा खेलाडीहरूको पहिचान र नवीन खेलाडीहरूको उत्पादन गर्ने उद्देश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समूहको आयोजनामा पालिकाका १३ समूहबीच प्रतियोगिता हुँदै छ ।

 ४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।

 माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजबाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएता पनि क्रिकेटमा खेलाडीहरूको उत्पादन गर्नु नै प्रमुख उद्देश्य रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : २४ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ