बर्दिबासमा दोस्रो मेयर कप आयोजना « Khabarhub

बर्दिबासमा दोस्रो मेयर कप आयोजना


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महाेत्तरी– मधेश प्रदेशका पालिकाहरूले खेलकुदको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् । पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरूले पनि यसलाई पुष्टि गरेको छ ।

यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिबासमा दोस्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ ।

पालिकामा खेलाडीहरूको पहिचान र नवीन खेलाडीहरूको उत्पादन गर्ने उद्देश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समूहको आयोजनामा पालिकाका १३ समूहबीच प्रतियोगिता हुँदै छ ।

 ४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।

 माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजबाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएता पनि क्रिकेटमा खेलाडीहरूको उत्पादन गर्नु नै प्रमुख उद्देश्य रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : २४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको