पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल « Khabarhub

पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उनले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताए।

मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

यस अवसरमा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । चक्रपथ निर्माण भएमा काठमाडौँमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले बताए। 

कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीका साथै स्थानीय उत्पादन, परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिएको थियो । आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ०७ बजे

पुसभित्र कांग्रेसको विशेष अधिवेशन अनिवार्य : महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित (तस्बिरहरू)

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील