उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा ! « Khabarhub

उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा !


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकेन्द्रित दलको नयाँ ‘लुज अलायन्स’ले नेपालका सबै साना दललाई केन्द्रीकरण गर्ने दाबी गरेका छन्‌ ।

मङ्गलबार बेलुकी खबरहबसँग कुरा गर्दै यादवले नयाँ अलायन्समा तराई/मधेशका मात्र नभइ देशका सबै दल सम्मिलित हुने बताए ।

संविधान संशोधन र राष्ट्रिय मुद्दाहरू एक ठाउँमा ल्याउनका लागि यो अलायन्सले महत्वपूर्ण भूमिका खेल्ने यादवको दाबी छ ।

‘विगतदेखि नै तराई/मधेश केन्द्रित दलहरू अन्य दलको चेपुवामा परिराखेका छन्, हामी सबैलाई यो महसुस भएपछि यो अलायन्सलाई अगाडि बढाएका हौँ’, यादवले भने, ‘राष्ट्रिय मुद्दामा एकीकृत भएर यो अलायन्स मोर्चासम्म पुग्ने स्थिति बन्छ ।’
तत्काललाई कसैसँग मिल्ने, पार्टी एकता गर्ने या एकीकरण हुने भन्ने नभएको, तर राष्ट्रिय मुद्दा र इस्युहरूमा आफूहरूले एकीकृत भएर जानुपर्ने आवश्यकता महसुस गरेको यादवले बताए ।

पछिल्लो अलायन्सको उद्देश्य र सम्भावनाहरू बढ्दै गए मोर्चासम्म गरेर संविधान संशोधनको मुद्दामा पनि व्यापक छलफल गर्ने यादवले जनाए ।

यो पनि –

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

अलायन्स बन्नु सबैका लागि सकारात्मक रहेको बताउँदै यादवले तराई/मधेस केन्द्रित दलहरू मात्र होइन, अन्य दल पनि अलायन्समै सहभागी हुनसक्ने दाबी गरे ।

‘रेशम चौधरीजी बाहिर हुनुहुन्छ, आएपछि उहाँसँग पनि छलफल हुन्छ’, यादवले अगाडि भने, ‘प्रभु यादवजीहरू पनि यो विषयमा एकदमै सकारात्मक हुनुहुन्छ भन्ने रिपोर्टिङ पाएको छु।’

यादवले अलायन्स बनेको, तर सबै पार्टीका अध्यक्षहरू बसेर छलफल गर्न नपाएको समेत बताएका छन् । उनले अबको केही हप्तामै सबै पार्टीका अध्यक्षहरू बसेर यसको उद्देश्य र प्राथमिकताहरू निर्धारण गर्ने समेत दाबी गरे ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार