लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह | Khabarhub Khabarhub

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ ।

तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताए । उनका अनुसार पछिल्लो पाँच महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण छ सय २१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने आठ सय सात जना घाइते भएका छन् ।

यसरी हुने दुर्घटना सङ्घीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका तीन सय ७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र तीन सय ८९ जना घाइते भएका छन् ।

यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् । मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, एक सय ५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ । तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जानकारी दिए ।

यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ४५ बजे

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल

संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सङ्खुवासभा– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

हेडलाइन…पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बरालदर्शकको प्रतीक्षा