७ महिनामा औद्योगिक क्षेत्रमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता « Khabarhub

७ महिनामा औद्योगिक क्षेत्रमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिना अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा २४ अर्ब २१ अर्ब ३४ करोड ७६ लाख ४ सय रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

जसमध्ये २ अर्ब ६२ करोड ८२ लाख ५७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता अटोमेटिक रुटबाट आएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा विदेशी लगानीकर्ताले नेपालमा विभिन्न क्षेत्रमा सञ्चालन हुने ३८६ वटा नयाँ उद्योगमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसमध्ये ४ वटा ठूला उद्योग, ७ वटा मझौला उद्योग र ३७५ वटा साना उद्योग हुनेछन् ।

विभागका अनुसार समीक्षा अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा ६५ प्रतिशत, सेवा क्षेत्रमा २१ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रमा ८ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा सञ्चालनमा रहेका विभिन्न ४२ वटा उद्योगमा १ अर्ब ९४ करोड ५० लाख ४१ हजार ५०५ रुपैयाँ बराबरको शेयर खरिद गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

समीक्षा अवधिमा आएको विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा डेढ अर्ब भन्दा बढी रहेको देखिएको छ । गत वर्षको ७ महिना अवधिमा विदेशी लगानीकर्ताले नेपालमा २४१ वटा विभिन्न उद्योगमा २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । 

जसमा ३ वटा ठूला, १२ वटा मध्यम र २२६ वटा साना उद्योग खोल्ने भनिएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ३८ बजे

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल