आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा « Khabarhub

आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारदेखि दीपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् । 

अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ ।

‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 

यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दीपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ३६ बजे

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

जानकी–  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली– पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको

काठमाडौंले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाले लुम्बिनी लायन्सविरुद्ध

पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ

काठमाडौँ : नेकपा (एमाले) ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र

दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एघारौँ महाधिवेशनमा भदौ