माघमा खस्कियो घरजग्गा कारोबार, पुँजीगत लाभकर डेढ अर्ब तल « Khabarhub

माघमा खस्कियो घरजग्गा कारोबार, पुँजीगत लाभकर डेढ अर्ब तल


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पुस महिनाको तुलनमा माघमा घरजग्गा कारोबार खस्किएको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा सो क्षेत्रको कारोबार वृद्धि भएकोमा पुसमा फेरि न्यून भएर सरकारको राजस्व आम्दानी समेत खुम्चिएको हो ।

माघ महिनामा देशै भरी ४३ हजार १४० वटा घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । सो अवधिमा सबैभन्दा धेरै घरजग्गाको कारोबार समग्र जिल्लाको हिसाबले मोरङ जिल्लामा भएको छ । जबकि पुस महिनामा देशै भरी ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

माघ महिनामा मोरङ जिल्लाका ३ वटा मालपोत कार्यालयमार्फत सबैभन्दा धेरै २८१६ वटा घरजग्गाको कारोबार भएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा ५/५ वटा कारोबार भएको छ ।

माघ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट सबैभन्दा धेरै अर्थात् १७०४ वटा कारोबार भएको छ भने मालपोत कार्यालय बाणगंगा, बोडगाउँ कपिलवस्तुमा शुन्य कारोबार भएको छ ।

घरजग्गा कारोबारबाट माघ महिनामा सरकारले १ अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा झण्डै १५ करोडले कमी हो ।

माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ । जबकि अघिल्लो महिना पुसमा सरकारले घरजग्गा कारोबारमार्फत ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७८९ रुपैयाँ राजस्व र १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा १ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ११ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो