जापानले मूल्यवृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने « Khabarhub

जापानले मूल्यवृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो ।

सरकारले विगतमा ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा आफ्नो चामल भण्डार प्रयोग गरेको थियो तर वितरणमा अवरोधका कारण यसो गर्ने यो पहिलो पटक हुनेछ ।

सन् २०२३ मा अत्यधिक गर्मी मौसमले निम्त्याएको अभावले मागलाई अत्यधिक बढाएपछि गत गर्मीमा चामलको मूल्य बढेको थियो र त्यसपछि निरन्तर बढ्दै गएको छ ।

जलवायु परिवर्तनले निम्त्याएको अत्यधिक गर्मी लहरले विश्वका धेरै भागलाई घेरेको बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ ।

कृषिमन्त्री टाकु इटोले पत्रकारहरूलाई सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल जारी गर्ने बताए । ‘हामी जसरी पनि वितरणको स्थिर अवस्थालाई सुधार गर्न चाहन्छौँ’, उनले भने  ।

सरकारले शरद ऋतुमा नयाँ फसलको चामल बजारमा आएपछि मूल्य स्थिर हुने आशा गरेको थियो तर वृद्धि जारी रह्यो ।

सरकारी सर्वेक्षणअनुसार फेब्रुअरीमा पाँच किलोग्रामको थैलाको पछिल्लो औसत खुद्रा मूल्य तीन हजार छ सय ८८ येन (२४ डलर) थियो । यो गत वर्षको दुई हजार २३ येनबाट बढेको हो ।

एक अभूतपूर्व कदममा कृषि मन्त्रालयले गत महिना नयाँ नियमअन्तर्गत सरकारको चामल भण्डारको बिक्रीलाई अनुमति दिने निर्णय गरेको थियो ।

पहिले भण्डार गरिएको चामल गम्भीर बाली असफल भएमा वा विपत्तिको अवस्थामा मात्र जारी गर्न सकिन्थ्यो तर नियमहरूमा परिवर्तनले चामल वितरण स्थिर मानिएको बेला जारी गर्न अनुमति दिन्छ ।

मन्त्रालयले एक वर्षभित्र वितरकहरूबाट त्यही परिमाणको चामल फिर्ता खरिद गर्नुपर्छ ।

दुई वर्षअघि चामलको ठूलो बाली असफल भएपछि किनमेलकर्ताहरू यो मुख्य खाद्यान्न किन्न हतारिएपछि सरकारले सन् १९९५ मा चामल भण्डारण गर्न कानून लागू गरेको थियो । रासस

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : ५२ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर