वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी « Khabarhub

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

प्रजिअ अर्यालले वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले आइतबार राति बजेदेखि कर्फ्यु आदेश हटाइएको बताए ।

उनले भने, ‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश भने जारी गरिएको छ ।’

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन् ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार झडप भएपछि सोही दिन साँझ ६ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : २४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै