अर्थसंक्षेप : ३० अर्ब बढी बेरुजु, संघीय सरकारको धेरै र नेप्से निरन्तर ओरालो | Khabarhub Khabarhub

अर्थसंक्षेप : ३० अर्ब बढी बेरुजु, संघीय सरकारको धेरै र नेप्से निरन्तर ओरालो


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सरकारी कारोबारमा बेरुजु बढ्नु सुशासनका लागि चुनौती : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए।

‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु’, पौडेलले भने।

देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन

बजेट वक्तव्य नै कार्यान्वयन गर्दैन सरकार

दाता सङ्लग्न आयोजनालाई साढे सात अर्ब राजस्व छुट, तर छैन पूर्ण अभिलेख

घोराही सिमेन्टको शेयर मूल्यमाथि महालेखाले उठायो प्रश्न, छानबिन गर्न सुझाव

टेलिकम कम्पनीहरूबाट अर्बौं दस्तुर उठाउन महालेखाको ताकेता

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम

असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको

जलविद्युत कम्पनीबाट जरिवानासहित रोयल्टी असुल गर्नुपर्ने

१४ अंककले घट्यो नेप्से
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ ।

आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर कारोबार भएको छ । ६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ५७७ पटक शेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूह मध्ये २ समूह बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज विकास बैंक समूह १.१९ प्रतिशतले र अन्य समूह २.४६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.९६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेको छ ।

असुल गर्नुपर्ने बेरुजु ३० अर्ब बढी, सबैभन्दा धेरै संघीय सरकारको

व्यवहारिक र वस्तुनिष्‍ठ बजेट निर्माण हुने छ : अर्थमन्त्री पौडेल

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

पाठ्यक्रमबाट हटाइएको २२ वर्षपछि नैतिक शिक्षा समावेश गर्न महालेखाको सुझाव

गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता
गण्डकी प्रदेशमा अब निजी सवारी साधन प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । मंगलबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘सवारी तथा यातायात व्यवस्था नियमावली’ पारित गरेसँगै राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाहरू कानुनी रूपमा वैध भएका छन् ।

यातायात क्षेत्रमा बग्रेल्ती समस्याका बारेमा आँखा चिम्लेर प्रदेश सरकारले बलमिच्याइँ गरी नियमावली बनाएकामा यातायात व्यवसायी भने बेखुसी देखिएका छन् । सरकारले २०८० को माघमै राइड सेयरिङ सम्बन्धी नियमावली ल्याएर कार्यान्वयन गर्न खोज्दा गण्डकीका यातायात व्यवसायी गाडी नै थन्क्याएर आन्दोलनमा उत्रेका थिए ।

फाइल तस्वीर

पोहोर साउनमा आन्दोलनमा उत्रेका यातायात व्यवसायी र तत्कालीन कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापाबीच वार्ता भएपछि आन्दोलन रोकिएको छ । व्यवसायीको माग सम्बोधनका लागि सरकारले प्राविधिक समिति गठन गरे पनि त्यसपछि कुनै संवाद नभएको राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले बताए ।

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

भोजपुरमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

तामाखानी उत्खननका लागि खोजतालस सुरु

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भएको बुधबार प्रकाशित तथ्यांकले जनाएको छ ।

तथ्यांक कोरियाका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिहरूको सङ्ख्या एक लाख ९४ हजार अर्थात शून्य दशमलव सात प्रतिशतले बढेर अप्रिलमा दुई करोड ८८ लाख ८७ हजार पुगेको ।

समग्र रोजगारी वृद्धि वृद्धवृद्धाद्वारा सञ्चालित थियो । ६० वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगारीको सङ्ख्या वार्षिक आधारमा अप्रिलमा तीन लाख ४० हजारले बढेको छ र ३० वर्ष उमेर समूहका लागि यो सङ्ख्या ९३ हजारले बढेको छ ।













प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ५४ बजे

तीनै तहका सरकारले अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं– नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित