एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि « Khabarhub

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।

यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपिएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपिएफले रु छ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले रु तीन लाख पुरस्कारमा चित्त बुझायो ।

यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर रु एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना घोषित हुँदै रु ३० हजार पुरस्कार पाए। उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपिएफकी सृृष्टि खड्की, ब्लकर न्यू डायमन्डकी सुमित्रा रेग्मी, लिब्रोमा डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजङ्ग मल्ल घोषित हुँदै जनही रु २० हजार पुरस्कार प्राप्त भयो।

प्रतियोगिताको च्याम्पियन टोली तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, आयोजक नेपाल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार वितरण गरेका छन् ।

यही जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : २६ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ