गोली प्रहारबाट भिनाजुले गरे सालीको हत्या « Khabarhub

गोली प्रहारबाट भिनाजुले गरे सालीको हत्या


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति एक किशोरीको हत्या भएको छ ।

मृत्यु हुनेमा हरिनगर–६ की १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा किशोरीलाई उनकै भिनाजु भारत पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मियाले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीको भनाइ छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको