भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण « Khabarhub

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले चार लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो ।

‘किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौँ’ वडाध्यक्ष राईले भने, ‘यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो । स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक तथा साँस्कृति स्थलको सरक्षण गरेका हौँ ।’

यो स्थानमा किराँत राईहरुले वर्षमा उद्यौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताए ।

यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज