नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण « Khabarhub

नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नम्बर २,३,५,६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको हो ।

शाखा अधिकृत समीक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो ।

सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेको उनको भनाइ छ ।

बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भने, ‘सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।’

सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उनले जानकारी दिए ।

नमूना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको उनको भनाइ छ । शाखा अधिकृत पौडेलका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । वडा नम्बर ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनको भनाइ छ ।

गुरु किसान परिचालन गर्न नसक्दा नमूना बगैँचा बनाउने कामसमेत रोकिएको उनले जानकारी दिए । गुरु किसानले आफूले जानेका सीपलाई किसानलाई सिकाउने र नमूना बगैँचा बनाउने योजना रहेको थियो । गुरु किसान बन्न किसान नआएपछि गाउँपालिकाको चार लाख खर्च हुनसकेको छैन । (रासस) 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ४५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको