भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस् : विवेकशील साझा « Khabarhub

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस् : विवेकशील साझा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेको छ ।

विवेकशीलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको हो ।

मन्त्रीद्वयको भ्रष्टाचार मुद्दामा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भइसक्दा पनि उनीहरु पदमै रहिरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा जनताको करबाट सृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनि उनीहरूलाई बर्खास्त नगर्नुले भ्रष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीमाथि पनि फर्किन सक्ने उल्लेख गरिएको छ ।

भ्रष्टाचारको दर्जनौँ प्रकरण र काण्डहरूको न्यायिक निरुपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरू प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको विवेकशीलले उल्लेख गरेको छ।

विवेकशील साझाले भ्रष्टाचारको यस प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : २१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको