झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू) « Khabarhub

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा नाकाले ।

यो नाकाको नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गतेको पहिरोले ३६ जना बढी ज्यान लियो ।

चारवटा गाडी पुर्दा भएको ठूलो क्षतिपछि अहिले त्यहाँ धमाधम पुन:र्निर्माण भइरहेको छ । अहिले पहिरो रोकथामको काम पनि एकसाथ अघि बढेको छ ।

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले त्यहाँ संयुक्त रुपमा निर्माण गरिरहेका छ् । यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीबाटै भइरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले बताए ।

त्यसबेला सडकभन्दा २००/३०० मिटरमाथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए ।

‘त्यसबेला पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो सडकभन्दा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,’ घिमिरेले भने ।

पहिरो गएपछि सडक विभागले पुनःडिजाइन र अनुमान गरेर रोकथामको जिम्मा सगुनलाई नै दिएको हो।

घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । पहिरोले बनाएका गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइँदैछ ।

हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको छ । भविष्यमा यो आफैँ झाँगिएर दीर्घकालीन पर्खाल रुपमा काम गर्ने घिमिरेले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ५८ बजे

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने