झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू) « Khabarhub

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा नाकाले ।

यो नाकाको नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गतेको पहिरोले ३६ जना बढी ज्यान लियो ।

चारवटा गाडी पुर्दा भएको ठूलो क्षतिपछि अहिले त्यहाँ धमाधम पुन:र्निर्माण भइरहेको छ । अहिले पहिरो रोकथामको काम पनि एकसाथ अघि बढेको छ ।

चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुनले त्यहाँ संयुक्त रुपमा निर्माण गरिरहेका छ् । यो सडकको पहिलो खण्ड लगभग ८० प्रतिशतभन्दा बढी कालोपत्रे भइसकेको छ ।

निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार चिनियाँ साझेदार भए पनि सबै काम नेपाली कम्पनीबाटै भइरहेको छ। एक तहको कालोपत्रे लगभग सकिएको उनले बताए ।

त्यसबेला सडकभन्दा २००/३०० मिटरमाथि गरिएको जग्गा प्लटिङका कारण पहिरो गएर कल्भर्ट थुनिएर सडक बगाएको उनले बताए ।

‘त्यसबेला पहिरो हाम्रो निर्माण कार्यले गर्दा आएको होइन, यो सडकभन्दा माथिको प्लटिङको अव्यवस्थित कार्यले निम्त्याएको हो,’ घिमिरेले भने ।

पहिरो गएपछि सडक विभागले पुनःडिजाइन र अनुमान गरेर रोकथामको जिम्मा सगुनलाई नै दिएको हो।

घिमिरेका अनुसार हाल पहिरो रोकथामका लागि विभिन्न तहमा काम भइरहेको छ । पहिरोले बनाएका गल्छीहरूमा माटो र लेदो छेक्न ब्याम्बो क्रिब वाल (बाँसको पर्खाल) लगाइँदैछ ।

हलुका र ढुवानीमा सहज हुने भएकाले बाँस प्रयोग गरिएको छ । भविष्यमा यो आफैँ झाँगिएर दीर्घकालीन पर्खाल रुपमा काम गर्ने घिमिरेले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ५८ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै