रास्वपाले माग्यो गृह, भूमिसुधार र सामान्य प्रशासन मन्त्रीको राजीनामा | Khabarhub Khabarhub

रास्वपाले माग्यो गृह, भूमिसुधार र सामान्य प्रशासन मन्त्रीको राजीनामा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखक, भूमि सुधारमन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा माग गरेका छन् ।

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा र भूमि सुधारमन्त्री अधिकारी तथा सामान्य प्रशासनमन्त्री गुप्ता घुस प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपित मन्त्रीहरूलाई कानुनभन्दा माथि राखेर संरक्षण गर्न नमिल्ने बताएका छन् ।

‘प्रधानमन्त्रीज्यू घुसको डिल गर्ने, मानव तस्कर गर्ने मन्त्रीहरूलाई संरक्षण गर्ने अधिकार कसले दियो ? सदनले यसको जवाफ मागिरहेको छ । दुईतिहाइको बलमा शासन गर्ने सरकारले आफ्ना मन्त्रीहरूलाई कानुनभन्दा माथि राख्न मिल्छ ?’, उनले सोधे, ‘गृहमन्त्री रमेश लेखक, भूमिसुधार मन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेको गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्त कारबाही गरियोस् ।’

उनले संसारको लोकतान्त्रिक संसदीय अभ्यासको मान्यताविपरीत प्रतिपक्ष उभिएर विरोध गर्दा पनि सदन चलाइएको भन्दै उनले आपत्ति व्यक्त गरे । गृहमन्त्री लेखकले प्रतिपक्षमा भएको बेलामा उक्त कुरा राखेको पनि स्मरण गराएका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ३७ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने