संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड  « Khabarhub

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड 


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारहरू अझै बढी संस्थागत गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । 

‘संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने । 

उनले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले हिम्मत गरे प्रमुख प्रतिपक्षी दलको नाताले दुइतिहाइ बहुमत जुटाउने जिम्मेवारी लिने पनि बताए । 

संविधानको शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’

अध्यक्ष प्रचण्डले गणतन्त्रको भविष्यमाथि सरकारको कार्यशैलीबाट खतरा आएको दाबी गरे ।

 ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन,’ उनले भने, ‘सरकारकै कार्यशैलीबाट हो ।’

अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली, कार्यशैली र शासकीय संरचना नै जनतामा बढ्दो असन्तुष्टिको कारक बन्न थालेको उल्लेख गरे ।

 ‘नेपाली जनताको अपेक्षाअनुरूप शासन प्रणाली सञ्चालन हुन सकेको छैन,’ उनले भने, ‘व्यवस्थाप्रति जनविश्वास घटिरहेको छ । अब गम्भीर समीक्षा अनिवार्य छ ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : १२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको