आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू) | Khabarhub Khabarhub

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)



काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल र जेब्राक्रसिङजस्ता संरचनाहरू हुँदाहुँदै पनि काठमाडौंमा धेरै मानिसहरू अझै पनि बीच सडकबाटै जोखिम मोलेर बाटो पार गरिरहेका छन् ।

यसरी बाटो पार गर्दा केवल आफ्नै ज्यान मात्र होइन, सवारी चालक, सवारी साधनका यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम उत्पन्न हुन्छ ।

तर मानिसहरू चाहे सचेत भएर होस् या बेखबर भएर, अझै पनि आकाशे पुल वा जेब्राक्रसिङ प्रयोग नगरी सिधै सडक पार गर्छन् ।

जस्तै, रत्नपार्कस्थित आकाशे पुल नचढेर दरबारमार्गबाट आइरहेका सवारी साधन केही बेर त्रिचन्द्र क्याम्पसअगाडि जेब्राक्रसिङको रातो बत्तीमा रोकिएपछि दौडिएर बाटो काट्ने दृश्य सामान्यजस्तै भइसकेको छ ।

यसरी हतार हतार सडक पार गर्दा रातो बत्ती हरियो भएपछि तीव्र गतिमा हुइँक्याउने सवारीले ठक्कर दिने जोखिम उच्च हुन्छ । केही मिनेटको दुरीमा रहेको आकाशे पुल वा जेब्राक्रसिङसम्म पुग्ने ‘आलस्य’ र ‘छिटो पार गर्ने हतार’ को कारणले मानिसहरू दिनहुँ यस्ता जोखिम मोलेर बाटो काटिरहेका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालभर ३५ हजार ४०४ वटा सडक दुर्घटना भएका थिए। तीमध्ये २ हजार ३६९ जनाको ज्यान गुमाएको थियो । भने ६ हजार १६० जना गम्भीर घाइते र २५ हजार ९९६ जना सामान्य घाइते भएका थिए।

२०७९/८० को तथ्याङ्कअनुसार मात्र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १० हजार ६७५ दुर्घटना भएका थिए, जसमध्ये ९ हजार ११४ वटा सहरी क्षेत्रमा भएका थिए । अर्थात्, ८५.३७ प्रतिशत दुर्घटना सहरी सडकमै हुने गरेका छन् ।

यी दुर्घटनाहरू विभिन्न कारणले भए पनि करिब ६४० दुर्घटनामा सवारी चालकको लापरबाही र बाटो काट्ने पैदल यात्रुहरूको बेवास्ता मुख्य कारण बनेको देखिन्छ ।

तीमध्ये केहीले अङ्गभङ्ग बेहोर्नुपरेको छ भने केहीले ज्यानै गुमाएका छन् । त्यसैले बाटो काट्दा जथाभाबी नगरी, सुरक्षित संरचना प्रयोग गर्दै सचेत भएर सडक प्रयोग गर्नु अत्यावश्यक देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : १९ बजे

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका