विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ? | Khabarhub Khabarhub

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने तय भएको छ । कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’ कात्तिक ७ गते प्रदर्शनमा आउँदैछ ।

विल्सन ‘सोल्टिनी’का शीर्ष कलाकार हुन् । सोहीकारण उनी फिल्म ‘को ’सोल्टिनी’को कथा र कन्टेन्टबारे जानकार छन् । यो अवस्थामा विल्सनले ‘सोल्टिनी’भन्दा एक दिनपछि अर्थात् कात्तिक ७ गते ‘मैझारो’ प्रदर्शनमा ल्याउन लागेका हुन् ।

‘सोल्टिनी’ फिल्मलाई कमजोर ठानेर उनले आफ्नो फिल्म जुधाउन लागेको भन्ने कोणबाट पनि चर्चा भएको छ । केहीले त हेपेरै उनले यो कदम लिएको भन्नसमेत भ्याएका छन् ।

‘सोल्टिनी’काे ट्रेलर रिलिज कार्यक्रममा सोमबार विल्सनले याे टिप्पणीकाे सिधै अस्वीकार गरे ।

उनले भने, ‘पहिलो त हामी जुध्न लागेको होइन । दोस्रो मैले यसलाई कमजोर ठानेर आफ्नो निर्देशन रहेको फिल्म तिहारमा रिलिज गर्न खोजेको हुँदै होइन । यो फिल्मसँगै आउने मेरो योजना नै थिएन ।’

‘सोल्टिनी’ असोज ३ मा प्रदर्शनमा आउने तय भएकै अवस्थामा आफूले ‘मैझारो’को प्रदर्शन मिति लक गरेको उनको दाबी छ ।

तर, भदौ २० गते विल्सनले ‘मैझारो’को प्रदर्शन मिति कात्तिक ७ लाई तोकेका हुन् । त्यसअघि नै अर्थात् भदौ १३ गते ‘सोल्टिनी’ टिमले प्रदर्शन मिति कात्तिक ६ लाई तोकिएको थियो । सतही रुपमा हेर्दा विल्सन नै ‘सोल्टिनी’सँग जुध्न गएको देखिन्छ ।

तर, उनले यसबारे पनि स्पष्टीकरण दिएका छन् । उनले भने, ‘म तिहार रिलिज डेट तय गरेरै छायाङ्कनमा गएको हो । सार्वजनिक गरेको थिएनौँ । त्यसबेला सोल्टिनी असोज ३ मा आउने बताइएको थियो । पछि यसको डेट सर्‍यो । मैले पूर्वनिर्धारित मितिमा नै फिल्म प्रदर्शनमा ल्याएको हो ।’

प्रकाश सपुत र परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेको फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति पहिलो असोज ३ मा तोकिएको थियो । यो मितिमा जारी २ प्रदर्शनमा आउने भएपछि ‘सोल्टिनी’ले प्रदर्शन मिति हेरफेर गरेको हो ।

‘सोल्टिनी’का निर्देशक अर्जुन सुबेदी हुन् । यस्तै ‘मैझारो’मा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : २९ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर