पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति « Khabarhub

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका हुन् ।

उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेका छन् ।

जेन-जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए ।

उनी उक्त सम्बोधनमार्फत् नै देउवालाई कार्यवाहक सभापति बनाएर आफू सिंगापुर गएर उपचारमा लाग्ने खबर गरिसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

जेनजी विद्रोहपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यसमितिको उद्घाटन मन्तव्य राख्दै देउवाले खड्कालाई कार्यवाहक दिएका हुन्।  

​‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु। उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ’, देउवाले भने।

उनले कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् ।

‘देशमा अब द्वन्द्व हुनु आवश्यक छैन । देशमा विकसित नयाँ परिस्थिति अनुसार पार्टीलाई एकतावद्ध बनाउनुपर्छ’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएको छ । हामीले अहिलेको अवस्थामा अन्य राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक छ ।’

देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको पनि बताए ।

‘अहिले नै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने ग्यारेन्टी छैन । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ । शान्ति सुरक्षा र भयरहित अवस्था बनाउने काम सरकारले गर्नुपर्छ’, उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकारले दलहरूसँग संवाद गर्नु जरूरी छ । तर त्यसो गरेको देखिएको छैन ।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ४४ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र