जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा) | Khabarhub Khabarhub

देउवाको निष्कर्ष

जेन-जीका नाममा भएको हिंसा योजनाबद्ध, संसद् विघटनले संविधन संकटमा (सम्बोधनका मुख्य १५ बुँदा)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि पहिलो पटक सानेपा पुगेर सम्बोधन गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमै कुटाईसमेत खाएका उनले सम्बोधनका क्रममा तत्कालै सभापति पद नछाड्ने बताए ।

उनले उपचारका लागि सिंगापुर जानुपर्ने भएकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाए पनि मंसिरमा हुने भनिएको १५ औँ महाधिवेशनबाट मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरेर विभिन्न सन्देश दिएका छन ।

देउवाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधनका क्रममा जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई नै स्तब्ध बनाएको बताए ।

राज्यका संरचनामाथि भएका आक्रमणलाई उनले इतिहासकै डरलाग्दो भने । ‘राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भएको भन्दै यो नेपालको इतिहासकै डर लाग्दो घटना थियो’, उनले भने ।

उनले उक्त घटनाकमो सत्य तथ्य छानबिनको माग गरेका छन् । ‘सबै हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गरिनुपर्छ’, उनले भने ।

देउवाले उक्त संकटका समयमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाको प्रशंसा गरे । ‘संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुक ठूलो दुर्घटनाबाट जोगिएको छ’, देउवाले थपे ।

१५ बुँदामा बुझौँ देउवाको सम्बोधनलाई

१. भदौ २३ र २४ का घटनाप्रति दुःख व्यक्त : जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई स्तब्ध बनाएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना ।
२. आक्रमण र क्षति : नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिब १२५ जना नेताको घरमा तोडफोड, लुटपाट र आगजनी भएको उल्लेख।
३. राज्यका संरचनामाथि आक्रमण : राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चार गृहसम्म आक्रमण भएको भन्दै यो नेपालको इतिहासकै डर लाग्दो घटना भएको टिप्पणी।
४. सत्य तथ्य छानबिनको माग : सबै हिंसात्मक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गर्न माग।
५. राष्ट्रपतिको भूमिकाको प्रशंसा : संकटको समयमा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुक ठूलो संकटबाट जोगिएको भनाइ।
६. जेन-जीको माग सम्बोधन गर्नुपर्ने धारणा : सुशासन र भ्रष्टाचारविरुद्ध युवाको जायज मागलाई सम्बोधन गर्नुपर्ने, तर हिंसा योजनाबद्ध भएको संकेत।
७. देशका अंगहरूको मनोबल उच्च राख्ने आग्रह : अदालत, सुरक्षाकर्मी र प्रशासनका मनोबल कमजोर भएको भन्दै सबैले संयम र दृढता देखाउन अपिल।
८. कांग्रेसको ऐतिहासिक भूमिका स्मरण : ८० वर्षदेखि लोकतन्त्र, राष्ट्रिय एकता र जनताको आस्थाको केन्द्रका रूपमा कांग्रेस रहेको दाबी।
९. पार्टी एकताको आवश्यकता : भित्री मतभेद र असहमति थाती राखेर पार्टी एकताबद्ध हुनुपर्ने जोड।
१०. नेतृत्व हस्तान्तरणको घोषणा : देउवाले १५औं महाधिवेशनमा सभापति पदबाट हट्ने र नयाँ नेतृत्व आउने स्पष्ट संकेत।
११. संविधान र लोकतन्त्र जोखिममा रहेको चेतावनी : प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र संविधान संकटमा परेको भनाइ।
१२. स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग : आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा गर्न सरकारलाई आग्रह।
१३. अन्य दलसँग सहकार्यको आवश्यकता : राष्ट्रिय संकट समाधानका लागि अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको प्रस्ताव।
१४. व्यक्तिगत आक्रमणको अनुभव : भदौ २४ को घटनामा आफ्नै घरमा आक्रमण, तोडफोड र आगजनी भएको उल्लेख गर्दै त्यसलाई ‘व्यक्तिगत नभई प्रणालीमाथिको आक्रमण’ भनेका छन्।
१५. पार्टी एकता र आगामी महाधिवेशन : पार्टीलाई एकताबद्ध राख्दै १५औं महाधिवेशन समयमा सम्पन्न गर्ने तयारी र उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिएको घोषणा।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : २४ बजे

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौं – विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन