देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो « Khabarhub

देउवाको स्वास्थ्यमा अझै समस्या, नेताहरू भन्छन् : धेरै कमजोर देखिनु भयो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमा भएको कुटपिटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अझै राम्रो नभएको पाइएको छ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधनका क्रममा पुगेका उनी अझै स्वस्थ नभइसकेको देखिएको एकजना नेताले बताएका छन्।

कुटपिबाट टाउकोको पछाडि भागमा १२ टाँका लगाएर लामो उपचार गरिएका देउवा अझै बिरामी अवस्थामा रहेको देखिएको ती नेताले बताए ।

‘उहाँ सानेपा पुग्दा केही काँपेको जस्तो देखिनु भयो । उहाँले सानेपामा पनि रिँगटा चलेजस्तो महसुस गर्नु भयो’, कांग्रेसका एक पदाधिकारीले भने,‘उहाँको सचिवायले पनि स्वास्थ्य अवस्था ठिक नभएको बताउनु भएको छ ।’

बैठकमा देउवासँगै उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन्। बैठकमा सम्बोधनका क्रममा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको भूमिका दिएका छन् ।

कांग्रेस नेताहरूले भने जस्तै देउवा अब खड्कालाई कार्यवाहक दिएर थप उपचारका लागि सिंगापुर जाने तयारीम छन् । त्यसकै लागि देउवाले सैनिक अस्पतालमै हुँदा राहदानीसमेत बनाइसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ३५ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ