मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत  « Khabarhub

मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । 

प्रदेशसभामा आफ्नो पक्षमा विश्वासको मत नआउने भएपछि सिंहले राजीनामा दिएका हुन् । मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् ।

मंगलबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सिंहले नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामाको घोषणा गरेको बताए  । 

सो क्रममा सिंहले आफू राजनीतिक गणितका लागि नभई जनताको हित र संवैधानिक सर्वोच्चताका लागि उभिएको बताए  । सङ्कटमा सच्चा मित्र र सच्चा चरित्रको परीक्षा हुने भन्दै सिंहले आज आफू यही परीक्षामा रहेको बताए  । उनले मधेश र मधेशी जनताको भलाइ भन्दा व्यक्तिगत स्वार्थ आफूले नराखेको धारणा राखे । 

जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सिंहलाई पार्टीका अध्यक्ष डा सीके राउतले राजीनाको निर्देशन दिएपछि उनले राजीनामा दिएका थिए । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : १९ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको