मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह « Khabarhub

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नामदर्ता गराउन समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति उल्लेख्य  देखिएको छ । 

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्न नाम दर्ता गराउन आएको बताएका छन् । विराटनगर–१ का  आयुष आचार्य युवाले खोजेको योग्य उम्मेद्वारलाई मतदान गर्न मतदाता परिचयपत्र बनाउन आएको बताए।

युवाको मतले चुनिएको व्यक्तिले गर्व गर्ने लायक काम गर्न सकून् भन्ने अपेक्षा रहेको विराटनगर–११ की जोत्सीना सापकोटाको भनाइ छ । सोमबारसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एक हजार ५३० नयाँ मतदाताले नामदर्ता गराएका छन् । गत असोज १० गतेदेखि कार्यालय खुलेका दिन दैनिक बिहान ८ देखि साँझ ५ सम्म नामदर्ता गराउन आउनेको भीड लाग्ने गरेको छ । 

जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको  प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईंले जानकारी दिए।
 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ५३ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका