राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ  « Khabarhub

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी पद तथा साधारण सदस्यबाट राजीनामा दिएका छन् । उनले महामन्त्रीलाई पत्र बुझाउँदै पार्टीमा रहँदा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे।

परियारले आफूले पार्टी र देशका हितका लागि इमानदार रूपमा काम गरे पनि पार्टीभित्र आवश्यक विचार बहसलाई स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेका छन् । 

उनले नेपाली समाजको संरचना अनुसारको वैकल्पिक राजनीतिक विचार निर्माणमा चुनौती रहेको उल्लेख गरे ।

उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई नेपाली राजनीतिको जडता तोड्ने ऐतिहासिक घटनाका रूपमा व्याख्या गर्दै अबको राजनीति नयाँ पुस्ताले पुनर्परिभाषित गर्नुपर्ने बताए ।

परियारका अनुसार बदलिँदो परिस्थिति र सामाजिक चेतनाले नयाँ प्रकारको राजनीतिक अभियान आवश्यक बनाएको छ।

यिनै कारणले आफू रास्वपाको कुनै पनि जिम्मेवारीमा नबस्ने र पार्टीको साधारण सदस्य समेत नरहने निर्णय गरेको उनले पत्रमा उल्लेख गरेका छन्। रास्वपामा रहँदा साथ र सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्।

परियारले देश निर्माण र समाज रूपान्तरणका यात्रामा भविष्यमा पनि फेरि सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ०६ बजे

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

बनियानी–  जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको