राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ  « Khabarhub

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी पद तथा साधारण सदस्यबाट राजीनामा दिएका छन् । उनले महामन्त्रीलाई पत्र बुझाउँदै पार्टीमा रहँदा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरे।

परियारले आफूले पार्टी र देशका हितका लागि इमानदार रूपमा काम गरे पनि पार्टीभित्र आवश्यक विचार बहसलाई स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेका छन् । 

उनले नेपाली समाजको संरचना अनुसारको वैकल्पिक राजनीतिक विचार निर्माणमा चुनौती रहेको उल्लेख गरे ।

उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई नेपाली राजनीतिको जडता तोड्ने ऐतिहासिक घटनाका रूपमा व्याख्या गर्दै अबको राजनीति नयाँ पुस्ताले पुनर्परिभाषित गर्नुपर्ने बताए ।

परियारका अनुसार बदलिँदो परिस्थिति र सामाजिक चेतनाले नयाँ प्रकारको राजनीतिक अभियान आवश्यक बनाएको छ।

यिनै कारणले आफू रास्वपाको कुनै पनि जिम्मेवारीमा नबस्ने र पार्टीको साधारण सदस्य समेत नरहने निर्णय गरेको उनले पत्रमा उल्लेख गरेका छन्। रास्वपामा रहँदा साथ र सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्।

परियारले देश निर्माण र समाज रूपान्तरणका यात्रामा भविष्यमा पनि फेरि सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ०६ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो