प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन् ।
‘निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड स्वीकृत गरेका छौँ, आवश्यकता अनुसार बजेट माग भएमा थप गर्नेछौँ,’ उनले बताए ।
विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्यो ‘लक्की ड्र’ बम्पर विजेता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
‘१० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु अस्वाभाविक’
पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल
लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।

यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असुल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता भएको सचिवालयले जनाएको छ ।
वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र
सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्यो एआई-सञ्चालित एयर फ्रायर
राजनैतिक संक्रमणकाबीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ
प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायहरूले जेन-जी आन्दोलनको भावनाअनुरूप सेवाग्राहीमैत्री प्रशासनिक सेवा प्रवाह गर्न निर्देशन दिएकी छन्।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले खर्चको दर सन्तोषजनक नदेखिएको बताइन्।
उनले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न आग्रह गरिन्।
उनले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कतिपय काम प्रभावित भएको बताइन् । उनले त्यसले सरकारी काममा अवरोध नपुर्याउने गरी उच्च मनोबलका साथ लक्ष्य पूरा गर्नुपर्ने अवस्था आएको उनले बताइन् ।
मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो
दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ।

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
राना थारु ‘होमस्टे’मा आकर्षकण : वार्षिक तीन हजार पाहुनाको बास
बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान
जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती
चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार
उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र बेलायतमा एकसाथ कम्पनी खोलेर व्यवसाय गरेको भेटिएको छ ।

कानुनमै नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने प्रतिबन्धात्मक व्यवस्था छ । तर त्यसलाई बेवास्ता गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतमा एकैसाथ कम्पनी खोलेर लामो समय कारोबार गरेको देखिएको हो ।
सन् २००१ देखि नेपालमा आईएमई रेमिट कम्पनीमार्फत् वार्षिक अर्बौं रुपैयाँको कारोबार गरेका ढकालले बेलायतमा सन् २००२ बाट कन्सल्ट्यान्ट कम्पनी खोलेर करोडौंको कारोबार गरेको प्रमाण भेटिएको छ ।
चन्द्रप्रसाद ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीबारे यसअगाडि नै खबरहबले समाचार प्रकाशन गरिसकेको छ ।
तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान
कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल
बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति
सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत
काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो ।
हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरू पुनः प्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ ।
ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र













प्रतिक्रिया