निरज र जेनिशालाई स्केटिङ उपाधि « Khabarhub

निरज र जेनिशालाई स्केटिङ उपाधि


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बनेका छन् ।

नवीन पुन दोस्रो र सुशील श्रेष्ठ तेस्रो भएका छन् । सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ पहिलो, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो भएका छन् । पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको जुनियर पुरुषतर्फ कृश विक्रम पहिलो, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भए । जुनियर महिलातर्फ युनिका बिके विजेता, आयुष्मा रोका दोस्रो र सुइसान्मी रोका तेस्रो बने । उनीहरुले पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाए ।

युवा जमातकाबीच लोकप्रिय खेल स्केटिङको विकास, प्रवर्द्धन तथा व्यावसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिता आवश्यक रहेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : २५ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा