एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ । पार्टी ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे सुरु भएको हो ।

आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई घण्टापछि सुरु भएको हो । बैठकस्थल भृकुटीमण्डप पुगेपछि ओली बैठक स्थलमा पुगेका हुन् ।

बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक बसेको हो । बैठकको सुरु गर्दै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य पुष्टि भएको बताए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका छन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रस्तावअनुसार पदाधिकारी संख्या १९ हुनेछ ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्दैछन् । यता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लाने तयारी ओलीले गरेका छन् ।

शुक्रबारको सचिवालय बैठकमा प्रस्ताव फेल भएपछि अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गर्ने तयारी गरेका हुन् ।

ओलीले केन्द्रीय कमिटी बैठक बोलाउँदा महाधिवेशनमा सहभागी प्रतिनिधि भने नयाँ नेतृत्वको छलफलमा व्यस्त छन् । बन्दसत्र गर्ने भनिएको हलमा केन्द्रीय कमिटी बैठक बसेपछि महाधिवेशन प्रतिनिधि थप छलफलमा जुटेका हुन् ।

एमाले १० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : २२ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको