एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ । पार्टी ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे सुरु भएको हो ।

आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई घण्टापछि सुरु भएको हो । बैठकस्थल भृकुटीमण्डप पुगेपछि ओली बैठक स्थलमा पुगेका हुन् ।

बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक बसेको हो । बैठकको सुरु गर्दै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य पुष्टि भएको बताए ।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका छन् ।

बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा चार पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रस्तावअनुसार पदाधिकारी संख्या १९ हुनेछ ।

ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गर्दैछन् । यता २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लाने तयारी ओलीले गरेका छन् ।

शुक्रबारको सचिवालय बैठकमा प्रस्ताव फेल भएपछि अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गर्ने तयारी गरेका हुन् ।

ओलीले केन्द्रीय कमिटी बैठक बोलाउँदा महाधिवेशनमा सहभागी प्रतिनिधि भने नयाँ नेतृत्वको छलफलमा व्यस्त छन् । बन्दसत्र गर्ने भनिएको हलमा केन्द्रीय कमिटी बैठक बसेपछि महाधिवेशन प्रतिनिधि थप छलफलमा जुटेका हुन् ।

एमाले १० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : २२ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको