ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय   « Khabarhub

ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय  


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेका छन्। भदौमा तयार नयाँ विधानलाई तीन महिनामै परिमार्जन गर्दै उनले दशौं महाधिवेशनमा भएको विधान नै कायम गरेका हुन्। 

ओलीले प्रस्ताव गरेको विधानमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने भएको छ ।

भृकुटीमण्डपमा भएको बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयर्थ पेश गर्दा बहुमत केन्द्रीय सदस्यले पास गरेका हुन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताले संशोधनमा असन्तुष्टि जनाए पनि ओलीले विधान निर्णयर्थ प्रेस गर्दा अन्य सदस्यहरूले ताली बजाउँदै ईश्वर पोखरेल पक्षलाई एक्लाएका छन् ।

अहिले भृकुटीमण्डपको हलमा ईश्वर पोखरेल पक्षका नेताहरू नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १२ : ५३ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन