‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’ « Khabarhub

‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएका छन् ।

आइतबार पार्टीको ११ औँ महाधिवेशनको बन्दसत्रस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभदा बलियो शक्ति भएर आउने दाबी गरे । ‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधताबीचको एकता नै एमाले हो’, उनले भनेका छन् ।

बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एकतिहाइ सङ्ख्यामा स्थायी कमिटी बनाउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाटै भएको बताए ।

‘यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकोले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो, विभिन्न कुरा उठे तर मत–मतान्तर भने भएन’, उनले भनेका छन् ।

ललितपुरको गोदावरीमा भएको दोस्रो विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकोले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उनले बताए ।

‘सङ्ख्या १० औँ महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको सङ्ख्या घट्यो तर पदाधिकारी सङ्ख्या १९ नै रहने भयो’, उनले भने ।

बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाटै नेतृत्व टुङ्गियोस् भन्ने चाहना रहेको बताउँदै सहमतिको प्रयास हुने जानकारी दिए । सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने बास्कोटा बताउँछन् । ‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नु पर्छ, मानिन्छ’, उनले भनेका छन् ।

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारे । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।

महाधिवेशनको बेलामा ‘आगो बलेको बेलामा धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनु पर्छ’, उनले भनेका छन् ।

प्रचण्डले भन्दैमा एमालेमा कुनै टुटफुट र विभाजन नहुने उनले बताएका छन् । बास्कोटाले प्रचण्डलाई आफूले बनाएको स्वार्थबन्दीको मोर्चा चलाएर देखाउन आग्रह गरे । ‘कसैले जित्यो वा हार्‍यो भन्दैमा एमाले विभाजित हुन्छ भन्नु लघुताभाषी चेतना हो’, उनले भने ।

एमाले अध्यक्ष ओलीलाई पार्टीमा कसलाई के बनाउने भन्दा पनि एमालेलाई पहिलो पार्टी बनाउने चिन्ता भएको बास्कोटाले बताए । त्यसैले पार्टी भित्र कसलाई के बनाउने भन्ने धन्दामा केपी ओली नलाग्ने उनले उल्लेख गरे ।

बास्कोटाले एमाले चुनावबाट नभाग्ने बताउँदै चुनावको लागि वातावरण बनाउन आग्रह गरे । लुटिएका हतियार फिर्ता ल्याउनु पर्ने, एमाले अध्यक्षलाई लगाएको स्थानहद खोलिदिनु पर्ने र राजनीतिक दलहरू सहज रूपमा निर्वाचनमा जाने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ३ : ०१ बजे

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?

काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र