सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ?  « Khabarhub

सर्वसम्मतिको कार्ड फ्याँक्दै ओलीले भने, ‘डोकोमा हालेर फ्याँक्छौँ भनेर त कहाँ हुन्छ र ? 


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको भृकुटीमण्डपमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शत्रुहरूले गालीगलौज गरेका बेलामा आफ्नै सहकर्मीबाट माया नपाएको गुनासो गरेका छन्। 

बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा अभिव्यक्ति दिएपछि ओलीले दुनियाँ विरोधीहरूले लखेटेका बेलामा आफ्नै पार्टीका साथीहरूबाट माया र साथ नपाएको गुनासो गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको नामै किटान गरेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव बैठकमा राखेका छन्। सम्बोधनका क्रममा ओलीले बुढेसकालमा डोकोमा हालेर फ्याँक्छौँ भन्ने जस्तै भाष्य नबोक्नसमेत आग्रह गरे । 

‘साथीहरूले ईश्वर कमरेडको डोको फिर्ता लैजाऊँ है, तपाईँहरूलाई पनि फाल्नुपर्छ भन्छन्, मेरो तर्फबाट घच्चमच्च भएको भए सरी । डोकोमा हालेर फाल्छु भनेर त कहाँ हुन्छ र ?’, अध्यक्ष ओलीले भने, ‘चौतर्फी घेराबन्दी गरी केपी ओलीलाई एक्ल्याएको बेला मेरा साथीहरूले माया गर्नुहोला भनेको, त्यो पाइनँ । मैले देश र जनताको शिर निहुराउने काम गरेको छैन। ईश्वर कमरेडले मेरो निरन्तरताले पार्टी ध्वस्त हुन्छ भनेको सुन्छु ,यो पटक्कै होइन।’

ओलीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा आफूले कुनै गल्ती नगरेकोसमेत दाबी गरेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ३५ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको