नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल « Khabarhub

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू हाम्रा पहिचान भएकाले यिनको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आइतबार यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने भएकाले यिनको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  

नेपाल र चिनियाँ खेलाडीको संयुक्त प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा मन्त्री नेपालले यो खेलको संयुक्त तालिम तथा प्रस्तुतिका कार्यक्रमले खेल कूटनीतिका माध्यमबाट नेपाल तथा चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयमा झेन्जी खेलका पाठ्यक्रम मार्फत खेलको प्रवर्द्धन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको जानकारी दिए ।

उनले यस खेलको विकासले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा गरिएको उल्लेख गर्दै आगामी दिनमा नेपालसँग पनि आर्चरी खेलको प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्विद्या अर्थात् धनुर्वाण खेलकै विकसित स्वरूप भएकाले यस खेलको विकास र विस्तारमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राखे ।

त्यसैगरी मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलका माध्यमबाट नेपालले आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाउन आफ्ना परम्परागत खेलहरूको पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रमा थप लगानीका लागि नेपाल सरकारलाई आग्रह गरे ।

कार्यक्रममा सङ्खुवासभाका परम्परागत आर्चरी खेलका खेलाडीका साथै चीन र नेपालका आर्चरी तथा उसु खेलका खेलाडीहरूले आफ्ना खेलकला पनि प्रस्तुत गरेका थिए । रासस

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ५२ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर