विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो « Khabarhub

विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलललाई बन्द सत्रमा जवाफ दिँदै पूर्व राष्ट्रपति विद्या भण्डारीले सदस्यता लिने भए पार्टीमा निवेदन दिनुपर्ने बताएका छन् । 

आइतबार भृकुटीमण्डपमा जारी बन्द सत्रमा सम्बोधन गर्दै ओलीले सेरेमोनियल भनेको सम्मानित पद भएकाले सम्मानित  व्यक्ति निर्विवादित हुनुपर्ने बताएका छन् । 

विवादमा नफस्ने पदमा बसिरहेको राष्ट्रको अभिभावकले फेरि राजनीतिमा आएर आलोचना र विरोधको चक्रव्युहमा नफस्दा नै राम्रो हुने ओलीले बताएका छन्। 

अध्यक्ष ओलीले भण्डारीलाई राष्ट्रको नायक भन्दै बीचमा सदस्यता जोड्नु भनेको कानुनसँग खेलबाड भएकाले आफूले रोकेको दाबी गरे। 

‘हामीले दुनियाँलाई ढाट्नु पर्दैन, फर्केर आए पनि भावनामा होइन, यथार्थमा चल्नुपर्छ। पूर्व राष्ट्रपतिज्यूलाई घृणा गरेर, मन नपरेर सदस्यता छेकेको होइन’,अध्यक्ष ओलीले भने, ‘लिन मन छ भने सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्यो।पोलिटिक्स गर्छु भन्नुहुन्छ भने कसले रोकेको छ र ?’

उनले मदन भण्डारी फाउन्डेसनको नाममा कार्यालय खोलेर भण्डारी मनोमानी र एक पक्षीय ढङ्गले अगाडि बढेकोसमेत दाबी गरेका छन्। ओलीले भण्डारीलाई पार्टीमा सधैँ सम्मान र माया नै गरेको जिकिर गरे।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको