निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह « Khabarhub

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। चुनाव हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्।

पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेको छ।

यद्यपि पोखरेल पक्ष ओलीले आफ्नो प्यानल घोषणा नगरेसम्म नगर्ने स्थितिमा देखिन्छ । पोखरेल पक्षको छलफलमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे केन्द्रीय सदस्य रचना खड्का लगायतका नेताहरू छन्।

यो छलफलमा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता पनि सहभागी छन्। यता अध्यक्ष ओली पक्ष पनि ओलीको निवास गुण्डुमा आफ्नो टीमबारे छलफलमा छ ।

ओली पक्षको टोलीमा अनुभवी र पाका नेताहरू उभिने देखिएको छ। ओली पक्षको टीम मिलाउन उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँग छलफलमा छन् ।

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत पहिलो दिनको बन्दसत्र केही समय अगाडि सकिएपछि दुवै पक्ष रणनीति निर्माणमा जुटेका हुन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : २६ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन