निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह « Khabarhub

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। चुनाव हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्।

पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेको छ।

यद्यपि पोखरेल पक्ष ओलीले आफ्नो प्यानल घोषणा नगरेसम्म नगर्ने स्थितिमा देखिन्छ । पोखरेल पक्षको छलफलमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे केन्द्रीय सदस्य रचना खड्का लगायतका नेताहरू छन्।

यो छलफलमा सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता पनि सहभागी छन्। यता अध्यक्ष ओली पक्ष पनि ओलीको निवास गुण्डुमा आफ्नो टीमबारे छलफलमा छ ।

ओली पक्षको टोलीमा अनुभवी र पाका नेताहरू उभिने देखिएको छ। ओली पक्षको टीम मिलाउन उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँग छलफलमा छन् ।

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत पहिलो दिनको बन्दसत्र केही समय अगाडि सकिएपछि दुवै पक्ष रणनीति निर्माणमा जुटेका हुन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : २६ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा