दक्षिण कोरियामा फेरि राष्ट्रपति गिरफ्तारको प्रयास « Khabarhub

दक्षिण कोरियामा फेरि राष्ट्रपति गिरफ्तारको प्रयास


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाली अनुसन्धानकर्ता फेरि एक पटक महाअभियोग लागेका राष्ट्रपति योन सुक योललाई गिरफ्तार गर्ने प्रयास गरेका छन्।

अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि उनीहरूको अर्को प्रयास गरेका हुन्। यस अघि महिनाको सुरुवातमा नै उनीहरूको प्रयास असफल भएको थियो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ।

भर्खरै मात्र युनको सुरक्षा निकायका उप प्रमुख किम सुन होङ गिरफ्तार भए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको छ।

दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन। युनका वकिलले अनुसन्धानकर्तासँग वार्ता जारी नै राखेका छन्।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : १५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित