दक्षिण कोरियामा फेरि राष्ट्रपति गिरफ्तारको प्रयास « Khabarhub

दक्षिण कोरियामा फेरि राष्ट्रपति गिरफ्तारको प्रयास


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाली अनुसन्धानकर्ता फेरि एक पटक महाअभियोग लागेका राष्ट्रपति योन सुक योललाई गिरफ्तार गर्ने प्रयास गरेका छन्।

अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि उनीहरूको अर्को प्रयास गरेका हुन्। यस अघि महिनाको सुरुवातमा नै उनीहरूको प्रयास असफल भएको थियो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ।

भर्खरै मात्र युनको सुरक्षा निकायका उप प्रमुख किम सुन होङ गिरफ्तार भए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको छ।

दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन। युनका वकिलले अनुसन्धानकर्तासँग वार्ता जारी नै राखेका छन्।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको