दक्षिण कोरियाका राष्ट्रपति योल अनुसन्धान कार्यालयमा « Khabarhub

दक्षिण कोरियाका राष्ट्रपति योल अनुसन्धान कार्यालयमा


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाली अनुसन्धानकर्ताले महाअभियोग लागेका राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरेका छन्। गिरफ्तारीको समयमा एक घण्टासम्म उनका सुरक्षा दस्ता र प्रहरीबीच तनावको वातावरण बनेको थियो। दक्षिण कोरियाको इतिहासमा पदमा रहेका राष्ट्रपति गिरफ्तार भएको यो पहिलो पटक हो।

गिरफ्तारपछि उनलाई भ्रस्टाचार अनुसन्धान कार्यालयमा लगिएको छ। राष्ट्रपतिले तीन मिनेट लामो भिडियो सन्देश दिँदै यसलाई गैरन्यायिक भनेका छन्।

अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि उनीहरूको अर्को प्रयास गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो।

सन् २०२२ मा दक्षिण कोरियाका राष्ट्रपति बनेका योल पछिल्लो समय आफ्नै कारणे विवादमा परेका छन्। तीन डिसेम्बरका दिन उनले सैन्य शासनको प्रयास गरेका थिए। सोही प्रयासपछि उनको ओरालो यात्रा सुरु भएको थियो। त्यसपछि नै उनीमाथि संसद्ले महाअभियोग लगाएको हो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि भ्रस्टाचारलगायत अनेकौँ आरोप लागेको छ। उनले भने आफू माथि लागेको आरोप अस्वीकार गरिरहेका छन्।
उनीमाथि राज्य द्रोहको आरोप समेत लागेको छ।

उनको गिरफ्तारीको केही समय मात्र युनको सुरक्षा निकायका उप प्रमुख किम सुन होङ गिरफ्तार भएका थिए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यसअघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। यो घटनाले सोलको मौसम चिसो भए पनि राजनीतिक वातावरण तातेको छ।

सडकमा राष्ट्रपतिको पक्ष र विपक्षमा नाराबाजी भइरहेको छ। सडकमा प्रदर्शनकारीको भीड देख्न सकिन्छ।

यो पनि पढ्नुहोस्

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ५७ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम