दक्षिण कोरियाका राष्ट्रपति योल अनुसन्धान कार्यालयमा « Khabarhub

दक्षिण कोरियाका राष्ट्रपति योल अनुसन्धान कार्यालयमा


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाली अनुसन्धानकर्ताले महाअभियोग लागेका राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरेका छन्। गिरफ्तारीको समयमा एक घण्टासम्म उनका सुरक्षा दस्ता र प्रहरीबीच तनावको वातावरण बनेको थियो। दक्षिण कोरियाको इतिहासमा पदमा रहेका राष्ट्रपति गिरफ्तार भएको यो पहिलो पटक हो।

गिरफ्तारपछि उनलाई भ्रस्टाचार अनुसन्धान कार्यालयमा लगिएको छ। राष्ट्रपतिले तीन मिनेट लामो भिडियो सन्देश दिँदै यसलाई गैरन्यायिक भनेका छन्।

अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि उनीहरूको अर्को प्रयास गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो।

सन् २०२२ मा दक्षिण कोरियाका राष्ट्रपति बनेका योल पछिल्लो समय आफ्नै कारणे विवादमा परेका छन्। तीन डिसेम्बरका दिन उनले सैन्य शासनको प्रयास गरेका थिए। सोही प्रयासपछि उनको ओरालो यात्रा सुरु भएको थियो। त्यसपछि नै उनीमाथि संसद्ले महाअभियोग लगाएको हो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि भ्रस्टाचारलगायत अनेकौँ आरोप लागेको छ। उनले भने आफू माथि लागेको आरोप अस्वीकार गरिरहेका छन्।
उनीमाथि राज्य द्रोहको आरोप समेत लागेको छ।

उनको गिरफ्तारीको केही समय मात्र युनको सुरक्षा निकायका उप प्रमुख किम सुन होङ गिरफ्तार भएका थिए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यसअघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। यो घटनाले सोलको मौसम चिसो भए पनि राजनीतिक वातावरण तातेको छ।

सडकमा राष्ट्रपतिको पक्ष र विपक्षमा नाराबाजी भइरहेको छ। सडकमा प्रदर्शनकारीको भीड देख्न सकिन्छ।

यो पनि पढ्नुहोस्

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ५७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार