विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै « Khabarhub

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले खबरहबसँग भने, सबै विपक्षी दलहरूलाई बोलाइएको छ सायद सबै आउनुहुन्छ । बैठकमा सरकारको कार्यशैली संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल हुनेछ। पछिल्लोपटक जारी भएको अध्यादेशको विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको उनको भनाइ छ ।

सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्न लागेका हुन्।

अहिलेसम्म विपक्षी दलहरूले आफ्नोआफ्नो पार्टीमा समेत छलफल गरेको बुझिएको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका सन्दर्भमा विपक्षी दलहरू सबै रुष्ट छन्।

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना भएका बेलामा माओवादी केन्द्रले विपक्षीहरूलाई एक ठाउँमा भेला गर्न लागेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : १९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको