बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित « Khabarhub

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।

‘चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ’, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।’

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’

दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउँछन् । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ४२ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा