६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक « Khabarhub

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो । 

बामपन्थी झुकाव राख्ने संघीय संसद्‍भित्र र संसद् बाहिरका चार दल सहभागी समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन बैठक राखेका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत उपस्थित छन् ।

मंगलबार बसेको चार दल आवद्ध समाजवादी मोर्चाको कार्यदलले विभिन्न कार्यक्रम गर्ने निर्क्योल निकालेको थियो । जसलाई यो बैठकले अनुमोदन गर्ने तयारी छ।
 


माओवादी अध्यक्ष प्रचण्ड गत असार ३० गते सत्ताच्युत भएयता दोस्रो पटक मोर्चाको बैठक बस्न लागेको हो । यसअघि साउन १ गते मोर्चाको बैठक बसेको थियो ।

एकीकृत समाजवादी र माओवादीका पूर्वघटकसँग एकता प्रयास असफल भएपछि प्रचण्ड फेरि समाजवादी मोर्चामै फर्किएका हुन् ।

तीन दिनअघि सिंहदरबारमा बसेको प्रचण्ड र माधव नेपालबीचको बैठकले मोर्चालाई ब्यूँताएर अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर जनस्तर र नेपाली कांग्रेसमा पनि असन्तुष्टि बढेका बेला प्रचण्डले समाजवादी मोर्चा सक्रिय गराएर विकल्पको खोजी थाल्ने रणनीति बनाएका हुन् ।

यसअघि यो मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि थियो। तर, गत जेठमा पार्टी फुटाइदिएपछि त्यसको दोष प्रचण्डलाई लगाएर यादव बाहिरिएका थिए । पछिल्लो पटक प्रचण्ड र नेपालले यादवलाई पनि मोर्चामा ल्याउने गरी छलफल गरेका थिए । तर यादवले तत्कालै मोर्चामा नआउने बताइरहेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपा मिलेर २०८० असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।

मोर्चाको पछिल्लो बैठक प्रचण्ड सत्ताच्यूत भएपछि गत साउन १ गते बसेको थियो । प्रचण्ड १८ महिनासम्म सत्तामा रहुन्जेले निष्क्रिय रहेको यो मोर्चालाई फेरि ब्यूँत्याउने कोसिस गरिएको हो ।

साउन १ गतेयता मोर्चाको बैठक बस्न सकेको थिएन । तर कार्यदलको बैठक भने चलिरहेको थियो । नेकपा माओवादी केन्द्रको अलमलले मोर्चा निष्क्रिय भएको थियो । तर ६ महिना लामो अन्तरालपछि मोर्चालाई सक्रिय बनाउने कोसिसमा प्रचण्ड जुटेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ५० बजे

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा