व्यासमा कृषिउपज संलन केन्द्र स्थापना « Khabarhub

व्यासमा कृषिउपज संलन केन्द्र स्थापना


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज संकलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

नगरको ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदानबाट संकलन गरी ४० लाख ७४ हजार तीन सय ५९ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

नगरप्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार उक्त केन्द्र उद्घाटन गर्दै संकलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग संकलन गरिएको उनले बताए।

नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिए । 

व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे। 

कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए। 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : २३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको