सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने « Khabarhub

सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरू अगाडि बढाउने विषयमा समझदारी भएको छ । 

आज मन्त्रालयमा मन्त्री यादवसँग नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गासँगको छलफलका क्रममा सो समझदारी भएको हो । 

छलफलकै क्रममा मन्त्री यादवले युनिसेफले नेपालमा खानेपानी, सरसफाइ एवम् स्वच्छताका क्षेत्रमा थुप्रै काम गरेको प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपालमा युनिसेफका खानेपानीका क्षेत्रमा के कस्ता कामहरू रहेका छन् सो विषयमा जानकारी लिएका थिए ।

मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफ भएकाले धन्यवाद व्यक्त गरेका थिए । 

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी लक्ष्यहरू पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको कुरा धारणा राखेका थिए । 

मन्त्रालयमा भएको उक्त छलफल कार्यक्रममा नेपालका सात सय ५३ वटै पालिकाहरूको पानी, सरसफाइ, र स्वच्छता योजना (वास प्लान) बनाउन सहकार्य गर्ने, खानेपानी मन्त्रालयका प्राविधिकहरूलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ सो विषयमा आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।

यसै गरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरूसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरू, युनिसेफसँग मिलेर पूर्व सूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल गरेका भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : २० बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ