ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन् | Khabarhub Khabarhub

ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन्


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेकामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आक्रोश पोखेका छन्।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेपछि यसलाई कार्यकर्ता पोस्नका लागि ल्याइएको जिकिर बालेन गरेका छन् ।

‘अब खोला मात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’, उनले भनेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरिसकेका छन् । सोमबार नै चारवटा अध्यादेश जारी भएकोमा बुधबार भूमिसम्बन्धी पनि जारी भएको हो ।

चारवटा अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर सिंहदरबारमा जानकारी दिँदै गर्दा शीतल निवासले भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो । यो अध्यादेश राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेका थिए ।

तर प्रधानमन्त्री ओलीले फोन गरेर विवादित विषयहरू मिलाएर लैजाने आश्वासन दिएसँगै रोकिएको उक्त अध्यादेश पनि जारी भएको हो ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको शीतल निवासले बुधबार उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : १२ बजे

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह

काठमाडौं– दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ