गाँजा र चसेससहित सात जना पक्राउ « Khabarhub

गाँजा र चसेससहित सात जना पक्राउ


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेस र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागूऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए ।

प्रहरीले धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का २३ वर्षीय दीलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागूऔषध कारोबारमा संलग्न उनीहरूको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ०६ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि