गाँजा र चसेससहित सात जना पक्राउ « Khabarhub

गाँजा र चसेससहित सात जना पक्राउ


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेस र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागूऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए ।

प्रहरीले धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का २३ वर्षीय दीलिप केवट र स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागूऔषध कारोबारमा संलग्न उनीहरूको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ०६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील