लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण  « Khabarhub

लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण 


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ३६ बजे

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको